Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरबारे निर्णय गर्न बैंकरहरू छलफलमा

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १४ : २७ मा प्रकाशित

ब्याजदरबारे निर्णय गर्न बैंकरहरू छलफलमा

ब्याजदरबारे निर्णय गर्न बैंकरहरू छलफलमा जुटेका छन् । भाद्र महिनाको लागि ब्याजदर निर्धारण गर्न बैंकरहरू छलफलमा जुटेका हुन् ।

साउन महिनाबाट लागू हुनेगरी ब्याजदर निर्धारणमा हुँदै आएकाे भद्र सहमति हटेकाे थियाे । जस अनुसार अहिले बैंकहरू आ-आफैँले ब्याजदर निर्धारण गर्न सक्ने भएका छन् । बैंकहरुले राष्ट्र बैंकले दिएको सीमाभित्र रहेर आफै ब्याज निर्धारण गर्नेछन् ।

साउन महिनामा केही बैंकले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर १०.९८ प्रतिशतसम्म पुर्याएका थिए । एनएमबि बैंकले मुद्धती निक्षेपमा १०.९८ प्रतिशतसम्म र प्राइम बैंकले पनि १०.९३ प्रतिशत ब्याजदर तोकेको थियो । यता स्ट्यान्डर्ड चाटर्ड बैंकले भने सबैभन्दा कम ८.८५ प्रतिशत ब्याजदर तोकेको थियो । साउन महिनामा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका थिए ।

भाद्र महिनाका लागि पहिला बढाएका बैंकहरूले ब्याज नबढाउने र पहिला नबढाएका बैंकहरूले भने अब ब्याज बढाउने बुझिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको