Like us!
Follow us!
Connect us!
Watch us!

मंसिरमा ब्याजदर नघट्ने

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १२ : १६ मा प्रकाशित

मंसिरमा ब्याजदर नघट्ने

मंसिर महिनामा पनि बैंकहरूकाे ब्याजदर नघट्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भद्र सहमति गरेका छन् ।  

सहमति अनुसार मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशत कायम गर्नेछन् । त्यस्तै अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा १०.१३३ ब्याज दिइरहेका छन् । 

बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरू छैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको