Like us!
Follow us!
Connect us!
Watch us!

३० प्रतिशतले बढ्यो रुरु जलबिद्युतको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०६ : ५३ मा प्रकाशित

३० प्रतिशतले बढ्यो रुरु जलबिद्युतको नाफा, प्रतिसेयर आम्दानी कति ?

रुरु जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म आइपुग्दा कम्पनी ९ करोड ३० लाख ९० हजार रुपैयाँ नाफामा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ३०.५२ प्रतिशले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७ करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १६ करोड १९ लाख २५ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ८.२१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ९६ लाख २६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४४ करोड ८४ लाख ७६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १३ करोड ८२ लाख ६६ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f1b411abe47.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको