Like us!
Follow us!
Connect us!
Watch us!

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १३ : १० मा प्रकाशित

प्रेमीको पत्नीलाई ३.७९ मिलियन युआन क्षतिपूर्ति दिन अदालतको आदेश !

चीनको एक अदालतले एक युवतीलाई आफ्नो प्रेमीको पत्नीलाई ३ दशमलव ७९ मिलियन युयान क्षतिपूर्ति दिन फैसला गरेको छ । उनीहरूको सम्बन्धलाई कानुनले मान्यता नदिएको भन्दै अदालतले यस्तो फैसला गरेको हो । अदालतले महिलाको पक्ष फैसला गर्दै  प्रेमीकी श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको हो ।

उत्तरपूर्वी चीनको लिओनिङस्थित झुआङ्घेको जनअदालतले जारी गरेको कागजातअनुसार वादी ली उपनामकी महिला र उनका पति वाङले सन् १९९१ मा विवाह गरेका थिए । सन् २००८ मा वाङले सिआओक्सिया नाम गरेकी अर्को महिलासँग विवाहइतर सम्बन्ध सुरु गरेका थिए ।

केही वर्षअघि लीले आफ्ना पतिको अफेयरबारे थाहा पाएकी थिइन् । पतिले उनलाई नियमित पैसा पठाउने गरेको उनले पत्ता लगाएकी थिइन् । वाङले ती महिलासँग आफ्नो सम्बन्ध भएको र उनको तर्फबाट १० वर्षका एक । सन् २०१३ देखि २०२० को अवधिमा वाङले प्रेमिकालाई १ दशमलब ४७ मिलियन युयान रकम, १ दशमलब ४५ मिलियन मूल्यका दुई ओटा अपार्टमेन्ट र  र एउटा महंगो कार दिएको खुलासा भएको थियो । 

सियाओक्सियाले वाङ विवाहित थिए भनेर आफूलाई कहिल्यै पत्तो नभएर उनले वर्षौंदेखि वाङबाट प्राप्त गरेको पैसा बालकको सहयोगका लागि प्रयोग गरिएको तर्क गरेकी थिइन् । तर, अदालतले यो मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको भन्दै प्रेमीको पत्नीको पक्षमा वकालत गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको