Like us!
Follow us!
Connect us!
Watch us!

महेश बस्नेतविरुद्धको पक्राउ पुर्जीमा अदालतले माग्यो थप प्रमाण

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, १९ : ४० मा प्रकाशित

महेश बस्नेतविरुद्धको पक्राउ पुर्जीमा अदालतले माग्यो थप प्रमाण

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीमा काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेश गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जारी गरेको आदेशअनुसार, प्रहरीले पक्राउका लागि पर्याप्त प्रमाण र आधारहरू प्रस्तुत गर्नुपर्ने भएको हो।

यो मुद्दा शोभा पाठकले साइबर ब्यूरोमा दिएको उजुरीबाट सुरु भएको हो। उनले दिएको निवेदनका आधारमा प्रहरीले सोही दिन बस्नेतविरुद्ध अदालतमा पक्राउ पुर्जीका लागि निवेदन दर्ता गरेको थियो। तर अदालतले तत्काल अनुमति नदिई थप प्रमाण आवश्यक ठहर गरेको अदालत स्रोतले जनाएको छ।

अदालतको आदेशपछि अब प्रहरीलाई बस्नेतविरुद्धको उजुरीका विवरण, प्रमाण र अनुसन्धानको प्रगतिसहित पुनः अदालतमा पेश गर्नुपर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको