Like us!
Follow us!
Connect us!
Watch us!

फिस्टेल ड्रिमपार्कको आक्रामक ओपनिङ : १० दिनमा १० हजार पर्यटक

अर्थ संसार

बुधबार, २५ साउन २०७९, ११ : ५९ मा प्रकाशित

फिस्टेल ड्रिमपार्कको आक्रामक ओपनिङ : १० दिनमा १० हजार पर्यटक

पोखराको फिस्टेल ड्रिमपार्क औपचारिक रूपमा सञ्चालनमा आएलगत्तै पर्यटकको घुँईचो लागेको छ । 

साउन १४ गतेदेखि सञ्चालनमा आएको उक्त पार्कमा १० दिनमा १० हजार पर्यटक आएको पार्कका सञ्चालक हिरा केसीले जानकारी दिए । ५० करोड लगानीमा निर्मित यो पार्क करिब ६५ रोपनी जग्गामा फैलिएको छ । यहाँ वाटर स्पोर्टस् र ड्राइ स्पर्टस् एकै ठाउँमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको हुनसक्ने हिरा बताउँछन् ।

‘पोखराकै ठूलो वाटर स्पोर्टस्को रूपमा सञ्चालनमा ल्याइएको यो पार्क मानिसहरू रमाइलो गर्न आउने एउटा सेन्टर पोइन्टको रूपमा विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ हिरा भन्छन् ‘यहाँ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका इभेन्टहरू रहेका छन् ।’

उनका अनसार, विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू पार्कमा एकै पटक रमाउन सक्छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । यहाँ निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

फिस्टेल ड्रिमपार्ककाे प्रवेश शुल्क २ सय रुपैयाँ रहेकाे छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटकाे व्यवस्था रहेकाे छ । यस्तै, वाटर पार्ककाे प्याकेज १ हजार र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलकाे १५० देखि ३००  रुपैयाँसम्म लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको