Like us!
Follow us!
Connect us!
Watch us!

सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक

अर्थ संसार

शनिबार, २८ साउन २०७९, १८ : ०१ मा प्रकाशित

सलमानले मारेको कालो हिरणको सम्झनामा स्मारक

बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाईएको छ ।

सलमानलाई केही समय अघि लरेन्स बिश्नोई समूहले ज्यानको धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हिरणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो किरण मारेको आरोप छ । २४ वर्षअघि फिल्म ‘हम साथ साथ है’को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।

कालो हिरणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा काले हिरणको ठूलो स्मारक बनाउने भएका छन् । कांकाणी गाउँमा स्मारकसँगै एक ठूलो जनावर रेस्क्यु सेन्टर पनि बनाउने तयारी उनीहरुको छ । जहाँ हिरणको मृत्यु भएको थियो । यो स्मारक ७ बिगाहा जमिनमा हुनेछ ।

यो स्मारक ३ फिटको हुनेछ । जसको वजन ८ सय किलोको हुनेछ । रेस्क्यु सेन्टरमा जनावर र पंक्षीको उपचार हुनेछ । गाउँको मन्दिरमा राख्नका लागि कालो हिरणको मूर्ति तयार भइसकेको छ । गाउँका मानिसहरुले चन्दा संकलन गरेर मन्दिर बनाएका हुन् ।

स्थानीय हनुमान राम विश्नोईले सलमानले हिरण मारेको समयमा स्थानीय जनावरको संरक्षणका लागि मन्दिर बनाउन माग गरेको खुलाए । मन्दिरमा आउने जोकोही व्यक्तिलाई जनावरको संरक्षणको महत्वबारे जानकारी दिन यो निर्णय लिइएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको