Like us!
Follow us!
Connect us!
Watch us!

शीतल निवासबाट नागरिकता विधेयक संसदतिरै,रास्ट्रपतिबाट स्वीकृत भएन

पत्रपत्रिका

आइतबार, २९ साउन २०७९, ०६ : ५१ मा प्रकाशित

शीतल निवासबाट नागरिकता विधेयक संसदतिरै,रास्ट्रपतिबाट स्वीकृत भएन

संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणको लागि शीतल निवास पुगेको नागरिकता विधेयक संसदमा फर्कने भएको छ । कुनै पनि विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने अन्यथा संसदमा फिर्ता गरिने कानुनी आधारमा टेकेर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक आज साँझ वा भोलिसम्ममा दस्तखत नगरी फर्काउने वातावरण बन्दै गएको बताइन्छ ।

‘राष्ट्रपतिले यसमाथि पुनर्विचार गरियोस् भन्दै नागरिकता विधेयक हाउसमा फिर्ता गर्ने सम्भावना अत्यधिक छ,’ उच्च स्रोतले जनआस्थासँगको कुराकानीमा बताएको छ । त्यसपछि संसदले पुनः छलफल गरेर सँधैको लागि फिर्ता गर्ने,संशोधन गर्ने वा शीतल निवासमा पुनः पठाउने निर्णय गर्नुपर्ने हुन्छ । तर, संसदमा सामान्य छलफलपछि उक्त विधेयकलाई जस्ताको त्यस्तै प्रमाणिकरणको निम्ति राष्ट्रपतिसमक्ष पठाउने तयारी सरकारको छ ।

यसअघि केपी ओली सरकारको पालामा यस्तै अध्यादेश राष्ट्रपतिले निमेषभरमा स्वीकृत गरेर जारी गर्नुभएको थियो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने सम्भावना बढेको अनुमान गर्दै संसद अधिवेशन जारी राखिएको छ । अर्कोतर्फ सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक पनि पारित गर्नैपर्ने अवस्था छ । अरु विधेयक पनि संसदमा पेश गर्नुपर्ने भएकाले संसद बैठक सुचारु गरिएको एक जना मन्त्रीले बताए ।

आजै राष्ट्रपतिले प्रधानमन्त्री,कानुनमन्त्री र महान्यायाधिवक्तासँग यिनै बिषयमा भेटवार्ता गर्नुभएको छ । उहाँले दिउँसो पौने ४ बजेदेखि झण्डै ४५ मीनेटसम्म शीतल निवासमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग छलफल गर्नुभएको थियो ।

त्यसपछि साँझ ५ बजेदेखि आधा घण्टासम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । दुवै भेटमा राष्ट्रपतिले हिजो दिउँसो शीतल निवास बाहिर आत्मदाहको प्रयास गरेकी कुमारी आमा निहारिका राजपुतको आन्दोलन र विषयबारे जानकारी लिनुभएको औपचारिक स्रोतको दाबी छ । तर,अन्तर्यमा उहाँले नागरिकता विधेयक प्राप्त भएको १४ औं दिनमा गर्नुभएको शनिबारको भेटलाई अर्थपूर्ण रुपमा लिँदै आईतबार वा सोमबार बिहानसम्म संसदमा फिर्ता गर्ने वातावरणको लागि प्रधानमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्तासँग कुराकानी गर्नुभएको उच्च स्रोतको दाबी छ । जनआस्था साप्ताहिकबाट ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको