Like us!
Follow us!
Connect us!
Watch us!

३२ प्रतिशतले घट्यो सुर्य लाईफको नाफा, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १० : ४८ मा प्रकाशित

३२ प्रतिशतले घट्यो सुर्य लाईफको नाफा, अन्य अवस्था कस्तो ?

सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ०७८/०७९ को अन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड रुपैयाँ खुद नाफा कमाएकोमा समिक्षा अविधीमा ३२.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा छ । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क भने १८.६८ प्रतिशतले बढेर ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र जगेडा कोषमा ६६ करोड ५६ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १४ अर्ब ९४ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

62f8827dccaea.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको