Like us!
Follow us!
Connect us!
Watch us!

९७ प्रतिशतले बढ्यो सुर्या लाईफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०७ : ०३ मा प्रकाशित

९७ प्रतिशतले बढ्यो सुर्या लाईफ इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ९७ प्रतिशतले बढेर १९ करोड ८२ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क १६.३० प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र जगेडा कोषमा ७१ करोड २२ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा रहेको छ । सुर्या लाईफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी बिच मर्जर सम्झौता भइसकेकाले हाल दुबै कम्पनीको सेयर कारोबार भने रोक्का छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको