Like us!
Follow us!
Connect us!
Watch us!

सुर्या लाईफको साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०६ : २९ मा प्रकाशित

सुर्या लाईफको साधारणसभा आज, लगानीकर्तालाई छैन लाभांश

सुर्या लाईफ कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारण सभा आज होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजेदेखि सुरु हुँदैछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरलाई कुनै लाभांश घोषणा गरेको छैन ।  

सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । मर्जरका लागि कायम भएको १ः८२४५ को स्वाप रेसियोलाई समेत सभाले पारित गर्नेछ । ज्योतीलाईफको १०० कित्ता सेयर भएको सेयरधनीहरुले मर्जर पछि बन्ने कम्पनीको ८२.४५ कित्ता सेयर पाँउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम सूर्यज्योती लाईफ इन्स्यारेन्स हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।  

कम्पनीको सेयर कारोबार असार १३ गते देखि रोक्का रहेकाले त्यसअघि कायम सबै सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको