सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले बीमा समितिबाट भदौ २२ गते स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७र७८ को बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४२ रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको चौरासी पुजा अग्रिम नियमित भुक्तानि योजनामा प्रति हजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस