सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।
सभाले कम्पनी ज्योति लाईफ इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । मर्जरका लागि कायम भएको १ः८२४५ को स्वाप रेसियोलाई समेत सभाले पारित गर्नेछ । ज्योतीलाईफको १०० कित्ता सेयर भएको सेयरधनीहरुले मर्जर पछि बन्ने कम्पनीको ८२.४५ कित्ता सेयर पाँउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम सूर्यज्योती लाईफ इन्स्यारेन्स हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
कम्पनीको सेयर कारोबार असार १३ गते देखि रोक्का रहेकाले त्यसअघि कायम सबै सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस