Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड

अर्थ संसार

आइतबार, २९ साउन २०७९, १६ : ०७ मा प्रकाशित

सान्जेन जलविद्युतको कार्यालयमा तोडफोड

रसुवामा रहेको सान्जेन जलविद्युत कम्पनीको साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन  र माथिल्लो सान्जेन आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीयले आइतबार दिउँसो तोडफोड र आगजनी गरेका छन् ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ । गत्लाङ क्षेत्रका स्थानीयले आफूहरुलाई अतिप्रभावितको सूचीमा राखेर आईपिओ दिनुपर्ने माग गर्दै कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् ।

यस आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका(४ गोल्जुङका बासिन्दा, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा नम्बरहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको