Like us!
Follow us!
Connect us!
Watch us!

संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै सेयर बजारमा आकर्षण बढ्न सक्ने

लोकेन्द्र ढकाल

मंगलबार, ३१ साउन २०७९, १० : ५३ मा प्रकाशित

संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै सेयर बजारमा आकर्षण बढ्न सक्ने

नेपाल बैंकर्स संघले भदौमा निक्षेपको ब्याजदर नबढाउने निर्णय ग-यो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने एक प्रतिशतले घटेर समायोजन भएको छ । बैंकहरुले हाल व्यक्तिगत मुद्दती निक्षेपमा ११ः०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

बैंकले संस्थागतमा १०ः०३ प्रतिशत ब्याजदर दिंदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९ः०३ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले  साउन १८ मा जारी गरेको एकीकृत निर्देशिकामा संस्थागत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो । यसअघि एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले संशोधन गरेको हो ।

राष्ट्र बैंकको नीतिका कारण अब संस्थागत मुद्दती निक्षेपको व्याजदर भने एक प्रतिशतले घटेर समायोजन भएको छ । राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउनुपर्ने सन्देश दिए पनि बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरे र राष्ट्र बैकको  सर्कुलरका कारण संस्थागत तर्फको ब्याजदर समायोजन गर्दै घटाउने निर्णय गर्न बाध्य भए । 

बैंकहरुको अहिले पनि मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर उच्च रहेको छ । अनिवार्य नगद अनुपात, बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दबाव पर्ने बुझाइ बैकर्सहरुले गरेका छन् । निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भएकोले भदौमा पनि ब्याजदरलाई यथावत गरिएको बैकर्सहरु बताउँछन् । असोज महिनामा पनि ब्याजदर नबढ्ने र तरलता केही सहज भएको खण्डमा घट्न सक्ने संकेत बैकर्सहरुले दिएका छन् । 

बैंकर्स संघको याे निर्णयले संस्थागत मुद्दती निक्षेपकर्ताहरुमा भने निराशा छाएको छ । बैंकमा तरलता अभाव उच्च हुँदा पनि पाउँदै आएको ब्याजदर घटेपछि संस्थागत लगानीकर्ताहरु मारमा परेका हुन । यसैबिच, शेयर बजारका लगानीकर्ताहरुले भने संस्थागत लगानीकर्ताहरु  बजार तर्फ आकर्षित हुनसक्ने आकलन गर्न थालेका छन् । उनीहरु म्युचुअल फण्ड, बिमा कम्पनी, नागरिक स्टक डिलर जस्ता कम्पनीहरुको लगानी शेयर बजारमा भित्रिने बताउँछन् ।

शेयर बजारका अग्रज लगानीकर्ता उपेन्द्र पाठकले भने,‘हाल बैकिङ च्यानलमा ५० खर्ब २१ अर्ब डिपोजिट रहेकोमा संस्थागत लगानिकर्ता तर्फबाट ४५ प्रतिशत र ब्यक्तिगत लगानीकर्ता तर्फबाट ५५ प्रतिशतकाे हिस्सा रहेको छ । यस  हिसाबले संस्थागत लगानिकर्ताहरुको ब्याजदर घटनु भनेको समग्र ब्याजदरमा ४० देखि ५० पैसाले घटेको देखिन्छ, यसले बैकंको बेसरेट समेत करिब ५० पैसाले घट्नसक्छ र आउने दिनमा कर्जाको ब्याजदर समेत घटने सहजै अनुमान गर्न सकिन्छ।’ उनी शेयर बजार घट्नु वा बढ्नुमा बैंकको ब्याजदरसँग धेरै सम्बन्ध रहने हुँदा यसले शेयर बजारको आगामी दिन सकारात्मक हुने बताउँछन् । 

उनले शेयर बजारमा अहिले धेरै कम्पनीहरुको पीई रेसियो १० को वरिपरि आईसकेको हुँदा संस्थागत लगानीकर्ताहरु शेयर बजार प्रति आकर्षित हुने समेत बताए । उनीहरुको पहिलो प्राथमिकता बैंक मुद्दती नै हो तर मुद्दतीमा ब्याजदर घटेपछि उनीहरुले रणनीति परिवर्तन गर्दा घरजग्गामा पनि लगानी गर्ने अबस्था छैन र अन्ततः बाध्य भएर शेयर बजारमा छिर्ने उनकाे तर्क छ । पाठक भन्छन्, ‘संस्थागत लगानीकर्ताहरु छोटो समय भन्दा दीर्घकालिन सोचले लगानी गर्छन, अहिले घटेको बैकं मुद्दती ब्याजदरमा भन्दा तल्लो विन्दुमा आएको शेयर बजारमा बढी आकर्षित हुनु स्वभाविक हो ।’ उनले म्युचुअल फण्ड, बिमा कंम्पनि, नागरिक स्टक डिलर लगायतका संस्थागत कंम्पनिहरुसँग ठूलो मात्रामा त्यस्ताे रकम रहेको र अहिले ब्याजदर घटेको र आउने दिनमा समेत अझै ब्याजदर घटने संकेत देखिएकाे भन्दै उनले भदौ, असोज महिना रेमिट्यान्स भित्रिने तथा पर्यटकीय आवागमनको सिजनको रुपमा पनि लिइने हुँदा ब्याजदर अरु घट्ने सक्ने पूर्वानुमान संस्थागत लगानीकर्ताहरुमा परेको बताउँछन् । उनी प्रायः संस्थागत लगानिकर्ताहरु बजार मूल्य माथि जाँदा बिक्री गर्ने र मूल्य तल आउँदा खरिद गर्ने गर्छन, जुन अहिले उत्तम समय हो, बजारमा दूई दशक बिताएका अनुभवि लगानीकर्ता उपेन्द्र पाठकले बताए । 

त्यस्तै शेयर बजारका अग्रज तथा अनुभवि लगानीकर्ता छोटेलाल रौनियार पनि शेयर बजार तीन हजार २ सयबाट झरेर अहिले २ हजारकाे वरीपरीमा आएको हुँदा संस्थागत लगानीकर्ताको २० प्रतिशत जति लगानी शेयर बजारतिर आउन सक्ने बताउँछन ।

रौनियारले मुद्दती निक्षेपमा ९ प्रतिशत भनेको अझै धेरै भएकाे भन्दै उनले जबसम्म ६ ७ प्रतिशत सम्म ब्याजदर आउँदैन तबसम्म संस्थागत लगानीकर्ताहरुले ठूलाे लगानी बजारमा नसार्ने बताए ।

‘अब आउने महिनाहरुमा ब्याजदर बढ्दैन भन्ने कुरा संस्थागत लगानीकर्ताहरुले पनि बुझेका छन्, र सँगै शेयर बजारमा अहिले लगानी गर्दा २५ प्रतिशत जति ‘रिक्स’  र ७५ प्रतिशत जति ‘रिटर्स’ हुने सम्भावना भएकाले उनीहरु यता लोभिन सक्ने सम्भावना देख्छु ।’  

शेयर बजारका अर्का अनुभवि लगानीकर्ता प्रकाश पन्तले विशेषगरि केही म्युचुअल फण्ड तथा इन्स्याेरेन्सकाे समयसिमा पुगेर खुल्दै गएका संस्थागत लगानीहरु तल्लो बिन्दुमा रहेको शेयर बजारतिर आकर्षित हुन सक्ने बताउँछन् । पन्तले आगामी संघीय चुनाव पछि नयाँ सरकार पनि आउने र अर्थतन्त्रले पनि नयाँ बाटोको संकेत गर्ने हुनाले आगामी नेप्सेको यात्रा त्यसपछि संकेत गर्न सकिने बताए । उनले अहिले डिभिडेन्टको सिजनका कारण र केही स्क्रिप्टमा ट्रेडिङ चामका कारण अलिअलि तलमाथि भइरहने आफुलाई लागेको बताए । 

ब्रोकर नं ३५ पोखरामा शाखा प्रमुख खेमराज भाटले बजार मेकर भनिएका म्युचुअल फण्ड बजार घट्ने संकेत पाउने वित्तिकै संस्थागत मुद्दती निक्षेपतिर जाने गर्नाले बजारमा डिमाण्ड कम देखिन्थ्यो तर अब संस्थापक निक्षेपको व्याजदर एक प्रतिशत घटेको र बजार धेरै तल भएका कारणले शेयर बजारतिर मुद्दतीको केहि पैसा आउँन सक्ने बताए । साउनदेखि मंसिर महिनासम्मलाई शेयर मार्केटको उत्तम समय मानिने भन्दै उनले अहिले अधिकाशं कम्पनीको पिई रेसियो १०÷१२ को छेउछाउमा रहेकाले बजारमा रिक्स मिनिमम देखिनु संस्थागत लगानीकर्ताहरुको मार्केट प्रबेशका लागि अनुकूल समय हुनसक्ने बताए ।

अर्का लगानीकर्ता ज्वाला गौतमले संस्थागत मुद्दती निक्षेपको एक प्रतिशत ब्याजदर घट्दैमा शेयर बजारमा संस्थागत लगानीकर्ताको पैसा ह्वारह्वार्ती आउँछ भन्ने आफुलाई नलागेको बताए । गौतमले शेयर बजार रीक्सको क्षेत्र पनि भएकाले दीर्घकालिक लगानीकर्ताले लगानी गर्दा दश पटक सोचेर लगानी गर्ने बताए ।

लगानीकर्ता तथा बैंकर क्षितिज पौडेलले तरलताको उच्च अभावको बेलामा पनि लगानीकर्ताले पाईआएको ब्याजदर घट्नु र शेयर बजार धेरै नै तल आएको देख्दा केहि पैसा बैकिङ च्यानलबाट बाहिरीन सक्ने आफुले पनि अनुमान गरेको बताउँछन । उनले अबको पहिलो क्वाटरसम्म त ब्याजदर बढ्ने च्याप्टर नै करिव क्लोज भइसकेको छ, सके असोजमा घट्ने भन्दै उनले संस्थागत लगानीकर्ताले सम्भावना हेरेर लगानी गर्ने हुँदा केहि पैसा बैकिङ च्यानलबाट स्टक मार्केटमा जानसक्ने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको