Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी मन्त्री नै सहकारीपीडित ! २३ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो

पत्रपत्रिका

बुधबार, ०१ भदौ २०७९, ०६ : २८ मा प्रकाशित

सहकारी मन्त्री नै सहकारीपीडित ! २३ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो

पछिल्लो समय सहकारीबाट हुने ठगीका घटनाक्रम निरन्तर बाहिरिरहेका छन् । खासगरी चर्को ब्याजदर र सहकारीको गैरकानुनी लगानीका कारण सर्वसाधारण मर्कामा परिरहेका छन् । तर, सहकारीबाट पीडित हुने जमात झन् फराकिलो बन्दै गएको छ । यस्तो सूचीमा उच्च पदस्थ पनि थपिएका छन् । अझ मन्त्री नै सहकारीबाट पीडित भएको खबर बाहिरिएको छ, त्यो पनि सहकारीकै नियमन गर्ने मन्त्रालयको नेतृत्व गर्ने मन्त्री । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफूसमेत सहकारीबाट पीडित भएको सार्वजनिक गर्नुभएको हो । सहकारीबाट उच्च ब्याजदरको समस्या आफूले पनि  भोगेको उनँको अनुभव थियो । सहकारी साहुकारी बन्दा धेरै व्यक्ति समस्यामा परेको उनको भनाइ थियो । मन्त्रीले यस्तो अनुभव सुनाइरहँदा कार्यक्रममा उपस्थित सहकारी  सञ्चालक तथा अभियन्ता नै दिक्क भएका थिए । 

सहकारी सामाजिक कार्य, सामूहिक भावनामा सरिक नभएर साहुकारी भएको आरोप लगाउँदै उनले आफू नै सहकारीमा २३ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताइन् । “म आफैँ सहकारीमा २३ प्रतिशत ब्याज तिर्न बाध्य भएको छु, ऋण लिएर गर्जो टार्न खोज्दा चर्को ब्याजमा परियो । म बचत तथा ऋण सहकारीबाट पीडित हुँ ।”

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको