Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०१ भदौ २०७९, ११ : ०७ मा प्रकाशित

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर बिक्रीमा

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको झन्डै ४० हजार कित्ता सेयर आजबाट बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहको ३९ हजार ९९१ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आएको हो ।

यो सेयरमा विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ ८ गते तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको