Like us!
Follow us!
Connect us!
Watch us!

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, १४ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

सोमबार, २५ पुस २०७९, ०६ : २५ मा प्रकाशित

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, १४ प्रतिशत लाभांश पारित हुने

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा सुरु हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेय र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको