Like us!
Follow us!
Connect us!
Watch us!

१४ प्रतिशल लाभांश पारित गर्न साईन रेसुङ्गाले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ०७ : १२ मा प्रकाशित

१४ प्रतिशल लाभांश पारित गर्न साईन रेसुङ्गाले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ११ बजेदेखि ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देहिमा संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस सेय र ०.७० नगद लाभांश (कर प्रयोजन) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको