Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको २१ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाईने

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, ०७ : ०९ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको २१ लाख कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाईने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २१ लाख ५७ हजार ६१५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि एक सूचना प्रकाशन गर्दै कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकको सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ त्यसैले आवेदकले ३२५ रुपैयाँ वा त्यो भन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् । 

आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङको नाममा रहेको उक्त संस्थापक सेयर बिक्रि गर्न लागेको हो । 

कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाण्डौंमा के कति सेयर खरीद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई निवेदन दिन आग्रह गरेको हो । त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

62fd958eb9dbc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको