Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आजदेखि खुला

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, ०७ : ४२ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आजदेखि खुला

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज साउन ६ गतेदेखि हकप्रद सेयर निष्काशन थालेको छ।

कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०:३.४७८३ अनुपातमा, अर्थात् ३४.७८ प्रतिशत हकप्रद सेयर जारी गरिरहेको हो।

यसअनुसार, कम्पनीले कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर जारी गर्दैछ। यी सेयरहरू प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा रहेको छन्, जसअनुसार हकप्रदको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ पुग्छ।

कम्पनीका सेयरधनीहरूले यो हकप्रद सेयरमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था, साथै सीडीएससीको मेरो शेयर प्रणाली प्रयोग गर्न सक्नेछन्। साथै, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको केन्द्रीय तथा शाखा कार्यालयमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ।

यसअघि, कम्पनीले हकप्रद सेयर निष्काशनको लागि जेठ ३० गते बुक क्लोज गरेको थियो। त्यस अनुसार जेठ २९ गतेसम्म नाममा सेयर कायम भएका सेयरधनीहरू मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य रहनेछन्।

यो हकप्रद बिक्री पश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि तोकेको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पूरा गर्न कम्पनीले हकप्रद जारी गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको