Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिनमा १५ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियो कति ?

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १४ : ०९ मा प्रकाशित

एकै दिनमा १५ अर्बले बढ्यो निक्षेप संकलन, सिडि रेसियो कति ?

बैंकहरूको निक्षेप संकलन एकदिनमै १५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन ३१ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । साउन ३० गते, सोमबारसम्म बैंकहरूको निक्षेप ५० खर्ब १९ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४४ खर्ब ३४ अर्ब पुगेको छ ।

बैंकहरूको कर्जा प्रवाह भने २ अर्बले बढेर ४७ खर्ब रूपैयाँमा पुगेको छ । वाणिज्य बैंकहरूको कर्जा लगानी पनि ३ अर्बले बढेर ४१ खर्ब ७२ अर्ब रूपैयाँमा पुगेको छ । 

बैंक तथा वित्तिय संस्थाहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२७ प्रतिशतबाट घटेर ८८.०७ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 


 

62fdf75289a56.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको