गत आर्थिक बर्षमा मार्जिन प्रकृतिको कर्जा २४.३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको यहि अवधि सम्ममा १ खर्ब ६ अर्ब २८ करोड रहेको यस्तो कर्जा अहिले २४.३ प्रतिशतले घटेर ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।
यो अवधीमा बैंक तथा वित्तिय संस्थाहरुको मार्जिन प्रकृतिको कर्जा २५ अर्ब ७७ करोड रुपैयाँले घटेको हो । समिक्षा अवधिमा १ करोड भन्दा माथिको कर्जा ३६.७ प्रतिशतले घटेको छ भने २५ लाख भन्दा तलको कर्जा १०.८ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा १ करोड देखि माथि र ५० लाख देखि १ करोड सम्मको मार्जिन प्रकृतीको कर्जा घटेको छ भने ५० लाख भन्दा तलको कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक निती मार्फत सेयर कर्जामा लगाएको सेयर कर्जामा लगाएको सिमाका कारण यस्तो कर्जा प्रवाह घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक निती मार्फत सेयर कर्जामा लगाएको सिमाका कारण सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरुले यसको खारेजिको माग समेत गरेका थिए । सेयर कर्जामा लागेको क्यापका कारणले नै नेप्से परिसूचक करिब ४० प्रतिशतको हारहारीमा घटेको तर्क लगानीकर्ताहरुको थियो ।
राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको ४/१२ को सिमालाई केहि संसोधन गर्दै १२ लाई कायम राख्दै ४ लाई भने हटाएको छ । अब लगानीकर्ताहरुले एकै बैक तथा वित्तिय संस्थाहरुबाट १२ करोडसम्म सेयर कर्जा लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस