Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, १६ : २१ मा प्रकाशित

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण

देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ” लाई क्यु.आर.कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ” लाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ” लाई क्युआर हस्तान्तरण गरेको हो । 

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष श्री राजाराम ठाकुर ज्यूलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारीश्री माधव सुवेदीे ज्यूले क्युआर हस्तान्तरण गर्नु भएको थियो । 

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ” मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको