साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.१५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको बिक्रि आम्दानी पनि गिरावट आएको छ । यो अवधिमा कम्पनीको बिक्रि आम्दानी ७ अर्ब १७ करोड १ लाख पुगेको छ जुन गत आर्थिक बर्षमा १० अर्ब ४० करोड ३५ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यो अवधीमा कम्पनीको जगेडा कोषको आकार १.५२ प्रतिशतले बृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ४३८ रुपैयाँ ७ पैसा रहेको छ । त्यस्तै प्रतिसेयर आम्दानी २० रुपैयाँ ८० पैसाबाट घटेर १४ रुपैयाँ ९० पैसामा सीमित भएको छ भने मूल्य आम्दानी अनूपात (पीई रेसियो) २५७.५३ गुणा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस