राधी बिद्युत कम्पनी लिमिटेडले १४७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज हुने मिति तय गरेको छ । कम्पनीले बोडंको साउन ९ गते बसेको बैठकबाट १४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
सेबोनले अनुमति दिएसँगै अब राधी बिद्युत कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । जसका लागी कम्पनीले भदौ १२ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको त्यसैले अब भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले १४७ प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।
कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस