राधी विद्युत कम्पनीले स्थगित साधारण सभा पुनः आयोजना गर्ने
राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा पुस २८ गते पुनः आयोजना गर्ने निर्णय गरेको छ। यसअघि पुस १८ गतेका लागि तय गरिएको सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो।
कम्पनीको सञ्चालक समितिले पुस १९ गते बसेको बैठकमा साधारण सभा पुनः आयोजना गर्ने निर्णय लिएको हो। अब यो सभा ललितपुरको थापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सुरु हुनेछ।
लाभांश प्रस्ताव पारित गर्ने:
हकप्रद सेयर जारी गर्ने प्रस्ताव:
वित्तीय विवरण पारित गर्ने:
लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण।
स्वतन्त्र सञ्चालकको अनुमोदन।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यस अनुसार, पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस