Like us!
Follow us!
Connect us!
Watch us!

आज राधी विद्युतको लाभांशका लागि सेयरधनी बन्ने अन्तिम दिन

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, ०८ : १३ मा प्रकाशित

आज राधी विद्युतको लाभांशका लागि सेयरधनी बन्ने अन्तिम दिन

राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज हो। कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि पुस ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आजसम्म नेप्सेमा सेयर कारोबार गरेका सेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले पुस १८ गते बिहान १० बजे तीखेदेवल, ललितपुरस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्युमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेछ।

सभामा कम्पनीले चालू पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्नेछ। साथै, सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको