Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित !

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, १३ : ३३ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित !

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । स्रोतका अनुसार साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि आजका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ । कम्पनीले २ आर्थिक बर्षको एकै पटक साधारणसभा आह्वान गरेको थियो ।  

अब आजै सञ्चालक समिती बैठक बस्ने तयारी भइरहेको छ, आज बस्ने सञ्चालक समितीको बैठकले केहि दिन भित्रमै गर्ने गरी अर्को साधारणसभाको मिति तोक्ने छ । 

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्ने प्रस्ताव थियो । सभाले  ७५ प्रतिशत हकप्रद बिक्रि मार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव पारित गर्ने तय थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको