Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोको हकप्रद बाँडफाँड, १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, ११ : ४३ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोको हकप्रद बाँडफाँड, १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गते, साेमबारबाट असार २५ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । कम्पनीले हिजाे (साउन ३ गते, बुधबार) हकप्रद सेयर बाँडफाँड गरेकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १:०.७५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७५ प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७ सय ८९ कित्ता कित्ता हकप्रद सेयर बाँडफाँड गरिएकाे कम्पनीले जनाएकाे छ । जस अनुसार अब नबिकेकाे १५ लाख ७७ हजार २ सय ११ कित्ता हकप्रद कम्पनीले लिलाम बढाबढ गरी बिक्री गर्नेछ ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धककाे काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको