Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, ट्रनओभरमा हिमाल दाेलखा हाइड्राेपावर अब्बल

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १५ : १८ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे सेयर बजार, ट्रनओभरमा हिमाल दाेलखा हाइड्राेपावर अब्बल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा झरेकाे छ । नेप्से ०.५२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७३.९० विन्दुमा पुगेकाे छ । 

कूल २७६ वटा कम्पनीकाे ४३ लाख १४ हजार ४ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर समूहबाहेक बाँकी सबै उपसमूहकाे सूचक बढेको छ । हाइड्राेपावर समूह भने ०.१४ प्रतिशतले घटेकाे हाे ।

त्यसैगरी, आइतबार हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ५६ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सुर्याेदय वाेमी लघुवित्त, शुभम पावर र न्यादी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन हिमाल दाेलखा हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.८१ प्रतिशतले घटेकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको