Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २९ साउन २०८०, ११ : ४६ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोको नबिकेकाे हकप्रद भर्ने आज अन्तिम मौका

हिमाल दोलखा हाइड्रोपावरले साउन २२ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर भर्ने आज साउन २९ गते अन्तिम दिन रहेकाे छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाे हकप्रद लिलामी मार्फत् खुल्ला गरेकाे हाे । 

आवेदनमा मूल्य कति राख्ने ?

लिलामीमा आएको यस सेयरको न्यूनतम मूल्य १००( सय )रुपैयाँ तोकिएको छ भने आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । 

कति दिने आवेदन ?

न्यूनतम १०० ( सय ) कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिनेछ ।सेयरको मूल्य न्यूनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्नेछ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कहाँबाट दिने आवेदन ?

सेयरमा लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, नेपालगंज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको