Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको लिलामी खुल्यो

अर्थ संसार

सोमबार, २२ साउन २०८०, ०८ : १७ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको लिलामी खुल्यो

हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी मार्फत बिक्री खुला भएको छ । कम्पनीले  आज साउन २२ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाले लिलामी गर्न लागेको हो। 

अरु जानकारी यस प्रकार छ :

आवेदनमा मूल्य कति राख्ने ?

लिलामीमा आएको यस सेयरको न्यूनतम मूल्य १००( सय )रुपैयाँ तोकिएको छ भने आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । 

कति दिने आवेदन ?

न्यूनतम १०० ( सय ) कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिनेछ ।सेयरको मूल्य न्यूनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्नेछ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ 

कहिले सम्म दिने आवेदन ?

लगानीकर्ताले  साउन २९ गतेसम्म आवेदन दिन सकिनेछन ।

को हो बिक्री प्रबन्धक ?

कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

कहाँबाट दिने आवेदन ?

सेयरमा लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, नेपालगंज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सक्ने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको