Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर आज बन्द हुँदै

अर्थ संसार

सोमबार, २५ असार २०८०, ०७ : ५६ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर आज बन्द हुँदै

आज जेठ २२ गते देखि खुला भएको हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर आज (असार २५ गते ) बन्द हुदैँ छ ।   कम्पनीले जेठ २२ गतेदेखि हकप्रद जारी गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो। अर्थात  १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । अर्थात, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । 

कहिलेसम्म दिने आवेदन ?

असार १० गतेसम्म भनिएकोमा समय थप गर्दै असार २५ पुराइएको। 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?
 हकप्रदमा लक्ष्मी  क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

 रेटिङ
 यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको