कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई निशुल्क सिआस्बा सेवा प्रदान गर्ने भएको छ । बैंकले भदौ १ गते देखि लागु हुने गरी सेयर आवेदनमा लिईदै आएको सबै शुल्कलाई खारेज गरेको छ ।
यसअघि २० रुपैयाँ सिआस्वा लिँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत कुनै पनि शूल्क लिने छैन । अब कुमारी बैंकमा खाता हुनेहरुले प्राथमिक सेयर, हकप्रद सेयर लगाएताका कुनै पनि उपकरणहरुमा आवेदन गर्दा कुनैपनि शूल्क लाग्ने छैन ।
पछिल्लो समय पूँजीबजारमा जनताको बढ्दो आकर्षलाई मध्यनजर गर्दै सिआस्बा शुल्क निशूल्क गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस