Like us!
Follow us!
Connect us!
Watch us!

सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिँदै कुमारी बैंक

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, ०७ : ४९ मा प्रकाशित

सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिँदै कुमारी बैंक

कुमारी बैंक लिमिटेडकाे सहायक कम्पनी के.वि.एल सेक्यूरिटिजले सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिने भएको छ । लाईसेन्स लिन कम्पनीको चूक्ता पूँजी बृद्धि गर्नुपर्ने भएकाले विशेष साधारणसभा आह्वान गरिएको छ । 

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिती बैठकले असोज २४ गते सोमबार बिशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । सभाले हाल कायम ५ करोडको चुक्ता पूँजीलाई ६० करोड पुर्याउने बिशेष प्रस्ताव पारित गर्नेछ । 

नेपाल धितोपत्र वोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्ता पूँजी बृद्धि गर्नु पर्ने प्रावधान भएकोले सोहि अनुसार प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न कम्पनीले विशेष साधारणसभा बोलाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको