Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन लड्ने स्वर्णिम वाग्लेको संकेत, युएनको जागिर छाडेर नेपाल फर्किए !

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १४ : ४७ मा प्रकाशित

निर्वाचन लड्ने स्वर्णिम वाग्लेको संकेत, युएनको जागिर छाडेर नेपाल फर्किए !

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एबं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले आगामी प्रतिनिधीसभाको निर्वाचन लड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो खुलासा गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘आठ वर्षअघि दुई वर्षे छोरो बोकेर नेपाल फर्केका थियौं। आज आभास १० पुगेर ११ लाग्यो। परिवार यतै छोडेर एउटा विशिष्ट राष्ट्रसंघीय जिम्मेवारी निर्वाह गर्न छोटो समयलाई न्युयोर्क गएकोमा त्यो कार्यभार छोट्याउँदै नेपाल फर्केको छु। सार्वजनिक नीतिको फराकिलो मैदानमा नयाँ ढंगले सक्रिय हुँदा सारा हितैषीहरुको माया, सद्भाव र सहयोगको अपेक्षा राखेको छु ।’

२०७४ सालमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका वाग्ले दुई पटकसम्म आयोगको सदस्य समेत बनिसकेका छन् । आठ बर्ष अघि अन्तराष्ट्रिय संगठनको रोजगारी छोडेर नेपाल फर्किएका वाग्ले गत बर्ष असारमा  संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को एशिया(प्रशान्त क्षेत्रीयको प्रमुख आर्थिक सल्लाहकारको रूपमा नियुक्त भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको