Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखाको संकास्पद सेयर कारोबार, ८३ प्रतिशत सेयर खरिद-बिक्रि एउटै ब्रोकरबाट !

अर्थ संसार

सोमबार, ०६ भदौ २०७९, १६ : ४१ मा प्रकाशित

हिमाल दोलखाको संकास्पद सेयर कारोबार, ८३ प्रतिशत सेयर खरिद-बिक्रि एउटै ब्रोकरबाट !

आज सोमबार नेप्सेमा हिमालय दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सर्बाधिक कारोबार भएको छ। कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३२६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो। सोमवार कम्पनीको सेयर मूल्य ९.१० रुपैयाँले बृद्धि भएर २३५ रुपैयाँमा बन्द भएको हो। 

कम्पनीको सेयर १२ लाख २९ हजार २१९ कित्ता कारोवार भएको थियो। कुल कारोबार सेयरमध्य १० लाख २१ हजार ७७२ कित्ता सेयर ब्रोकर नं ४४ डाईनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्राइभेट लिमिटेड ले आफै खरिद गरी आफै विक्री गरेको नेप्सेको फ्लोरशीटमा देखिएको छ। 

व्रोकेरले ९० हजार माथिको ७ डिल र २० हजार बढीको ५ डिल गरी सेयर खरीद बिक्री गरेको हो। 

हिमालय दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार श्रवण १३ गते नेप्सेको नियम उल्लंघन गरेको हुँदा नेप्सेको ३ दिने स्पष्टीकरण माग गरेको थियो। कम्पनीले कारोबार समयमा १:०.७५ प्रतिशतको राइट सेयर जारी गर्ने सूचना कारोबार समयमा प्रकाशित गरेको थियो श्रावण १६ गते नेप्सेको कारोबार फुकुवा गरेको थियो। 

गत शुक्रबार हिमालय दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा आवहान गरेको थियो तर साधारणसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित भएको थियो। 

सभाले अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्ने प्रस्ताव थियो । सभाले  ७५ प्रतिशत हकप्रद बिक्रि मार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव पारित गर्ने तय थियो । 

 

630363574f0a3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको