Like us!
Follow us!
Connect us!
Watch us!

बालेनले शक्तिको दुरुपयोग गर्दा साना व्यापारीहरु मर्कामा परेः दिनेश श्रेष्ठ

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, १५ : १४ मा प्रकाशित

बालेनले शक्तिको दुरुपयोग गर्दा साना व्यापारीहरु मर्कामा परेः दिनेश श्रेष्ठ

उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष एबं महासंघका केन्द्रिय उपाध्यक्ष दिनेशलाल श्रेष्ठले काठमांडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । 

मेयर शाहको नेतृत्वमा महानगरभित्र बनेका गैर कानुनी संरचना भत्काउन सुरु गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यसका बिषयमा थप निर्णय गर्न अहिले संघको आकस्मिक बैठक समेत आह्वान गरेको उनले बताए ।,महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको उनको तर्क छ । 

श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्याय भएको भन्दै भाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करौडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गरिनु पर्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको