Like us!
Follow us!
Connect us!
Watch us!

लघुबिमा कम्पनीको लाइसेन्स खुल्ला, ७ लघुबिमा कम्पनीलाई लाइसेन्स दिँदै बिमा समिति

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, १४ : १३ मा प्रकाशित

लघुबिमा कम्पनीको लाइसेन्स खुल्ला, ७ लघुबिमा कम्पनीलाई लाइसेन्स दिँदै बिमा समिति

लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ । बिमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । 

सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी शुक्रबार सूचना प्रकाशित गरेको छ । 
लघु बीमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ हुने बताइएको छ । आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । 

सूचनामा उल्लेख गरेअनुसार लघु बिमामा यसअघि नै कुनै बिमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन ।

लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ ।

सूचनामा भनिएको छ, ‘यसअघि नै प्राप्त भएका नयाँ लघु बिमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव  गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको