Like us!
Follow us!
Connect us!
Watch us!

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १२ : २० मा प्रकाशित

खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपाल (अ.पे.न) र खल्तीबीच साझेदारी भएको छ । यस साझेदारीसँगै अब अ.पे.न सँग आवद्ध रहेका ६०० भन्दा बढी मनटेस्वरीहरुले नविकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्ती मार्फत् भुक्तानी गर्न सक्नेछन्। साथै अ.पे.न सँग जोडिन चाहने मनटेस्वरीहरुले पनि अ.पे.न को रजिस्ट्रेशन शुल्क 'खल्ती' बाट भुक्तानी गर्न सक्नेछन्।

खल्तीले अ.पे.न सँग आवद्ध रहेका हरेक मनटेस्वरीहरुलाई डिजिटल शुल्क सङ्कलनको सुविधा प्रदान पनि गरेको छ । जस अन्तर्गत अब अ.पे.न संग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेस्वरीहरुले नि:शुल्क रूपमा डिजिटल शुल्क सङ्कलन गर्न सक्नेछन् । साथै ५०० नि:शुल्क एसएमएसको फाईदा पनि लिन सक्नेछन्। 

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “अ.पे.नसँग मिली डिजिटल शिक्षा प्रणालीमा पनि सेवा गर्न पाउनु हाम्रो लागि एक महत्वपुर्ण अवसर हो। हाम्रो यस साझेदारीले परम्परागत शुल्क सङ्कलन प्रणालीलाई डिजिटलाइज गर्दै शैक्षिक क्षेत्रको बित्तिय कारोबार अझै सरल र सुरक्षित बनाउने कुरामा हामी विस्वस्त छौं ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको