Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १३ : ३१ मा प्रकाशित

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड

एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते, बुधबारबाट भदाै १ गते, बुधबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई भदाै १० गते, शुक्रबार बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गरेकाे थियाे । 

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

630b1f4883105.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको