Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

अर्थ संसार

आइतबार, १२ भदौ २०७९, १३ : ५१ मा प्रकाशित

सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुब गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनीलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।

यसअघि नै उक्त ठेकेदारले सर्वाेत्तम सिमेन्टद्वारा आयोजना गरेको “ठेकेदार भेटघाट कार्यक्रम” मा आफ्नाे साइट रजिष्ट्रर गराए बापत कम्पनीको तर्फबाट सो बीमा प्राप्त गरेका थिए । भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वाेत्तम सिमेन्टले आफ्नाे साइट रजिष्ट्रर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो । यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्ण कार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविको पार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थ्य सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप सर्वाेत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको