Like us!
Follow us!
Connect us!
Watch us!

हरियाे भएर बन्द भयाे सेयर बजार : परिसूचक बढ्दा काराेबार रकम घट्याे

नेप्से

सोमबार, १३ भदौ २०७९, १५ : ०४ मा प्रकाशित

हरियाे भएर बन्द भयाे सेयर बजार : परिसूचक बढ्दा काराेबार रकम घट्याे

सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले बढ्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेकाे छ । नेप्से ०.१९ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.७७ अंकले बढेर ३८७.४६ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे ३४ लाख ४० हजार ९ सय कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे हाे ।  टेलिकमकाे ११ कराेड २५ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज विन नेपाल लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ७.४८ प्रतिशतले बढेर एक हजार ४९ रूपैयाँ पुगेकाे छ ।

यस दिन रूरू जलविद्युतकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.७० प्रतिशतले घटेर ८ सय ८६ रूपैयाँमा झरेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको