अर्थ संसार, काठमाडौं – सुनको भाउ बढेको छ । बुधबार तोलामा रु तीन सयले बढेको सुनको भाउ विहिबार तोलाको रु पाँचसयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको भाउ तोलाको ५४ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुनको भाउ तोलाको रु ५४ हजार चारसय थियो । सुनको भाउसँगै चाँदीको भाउ पनि रु १५ले महंगो भएको छ। महासंघका अनुसार विहिबार चाँदी तोलाको रु सात सय ५०मा किनबेच भइरहेको छ। बुधबार चाँदीको भाउ तोलाको रु सात सय ३५ थियो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस