Like us!
Follow us!
Connect us!
Watch us!

अब्दुल्लाहका कारण एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

अर्थ संसार

मंगलबार, १४ भदौ २०७९, ११ : ५० मा प्रकाशित

अब्दुल्लाहका कारण एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।

कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।

प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाहको क्रियाकलापलाई लिएर एन्फालाई जरिवाना गराएको हो ।

‘प्रशिक्षका कारण एन्फालाई जरिवाना परेको हो, प्रशिक्षकले त्यस्तो काम गर्नु हुदैनथ्यो’ एन्फाको प्रवक्ता सुरेश शाहले न्युज कारखानासँग भने । 

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए पनि अब्दुल्लाहले सो नियम उलङघन गरेर ‘ड्रेसिङ रुम’ मा गएका थिए । एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको तथा सोही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गर्ने निर्णय लिएको हो ।

सो घटना पछि एएफसीले एन्फालाई ६ हजार डलर तथा इन्डोनेसिया बिरुद्धको खेलको दोस्रो हाफमा खेल ढिला गराए पछि नेपालले थप एक हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको