Like us!
Follow us!
Connect us!
Watch us!

नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

अर्थ संसार

बुधबार, १५ भदौ २०७९, १० : २० मा प्रकाशित

नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेप गर्न लागेको हो ।

स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपण को लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।
शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको