Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, ०८ : १४ मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि साउन ६ गतेदेखि भदौ ५ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरेको गरेको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । 

कम्पनीको आईपिओ बाँडफाँड बिक्रि प्रबन्धक बिओके क्यापिटलको कार्यलयमा भदौ १५ गते बुधबार सम्पन्न भएको हो । आंशिक रुपमा बाँडफाँटमा परेको वा बाँडफाँटमा नपरेको सेयर बापतको रकम भदौ २० गते, सोमबारदेखि आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा पठाईने छ ।

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केटको वेबसाइट www.bokcapital.com.np र कम्पनीको वेबसाइट www.sikleshydro.com.np बाट समेत हेर्न सकिने छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो । यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयवासीका लागि सेयर खुला गरेको हो । 

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको