Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ जारी गरेको सिक्लेल हाइड्रोपावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०८ : ३९ मा प्रकाशित

भर्खरै आईपीओ जारी गरेको सिक्लेल हाइड्रोपावरले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

सिक्लेल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू बिओके क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको थियो भने बाँकी १० लाख ५८ हजार कित्ता सेयर सर्वसाधारणले पाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको