Like us!
Follow us!
Connect us!
Watch us!

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँडः लक्की नम्बर ४

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, ०९ : १० मा प्रकाशित

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँडः लक्की नम्बर ४

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ४ रहेको छ । ४ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो। जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले एक अर्ब ७२ करोड ४४ लाख ३८ हजार रूपैयाँ बराबरकाे एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन दिएका थिए । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएकाे थियाे । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी १ लाख ५ हजार ८ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हात खाली भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको